काठमाडौं । निर्वाचन आयोगले यही १० गते हुने उपनिर्वाचनमा आचारसंहिता विपरीतका गतिविधिलाई कडाइका साथ अनुगमन र निगरानी गर्न निर्देशन दिएको छ ।
यही वैशाख १० गते आइतबार तनहुँ क्षेत्र नं. १, चितवन क्षेत्र नं. २ र बारा क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदै छ । निर्वाचन आचारसंहिता, २०७९ मा भएको व्यवस्था बमोजिम मतदान हुने दिनभन्दा ४८ घन्टा अघि अर्थात् बिहीबार राति १२ बजेदेखि मतगणनाको काम सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको छ ।
त्यसको अनुगमन गर्न विशेष टोली खटाइएको आयोगले जनाएको छ ।


