काठमाडौं । साताको पहिलो कारोबार दि आइतबार शेयर बजार राताम्मे भएको छ । आज नेप्से २१.९९ अंकले घटेको हो ।
२६९ घितोपत्रको ४४ लाख ५९ हजार ४५९ कित्ता सेयर एक अर्क ४४ करोड ७४ लाख आठ हजार ९४२ रुपैयाँमा किनबेच भएको छ । यसदिन सेन्सेटिभ इन्डेक्स पनि ०.८४ प्रतिशतले घटेर ३८४.१२ को बिन्दुमा झरेको छ ।
१३ वटा उपसमूहको समूहगत सूचक पनि घटेको छ । हाइड्रोपावर उपसमूहको समूहगत सूचक सर्वाधिक २.३४ प्रतिशतले घटेको छ ।
फरवाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ४.५७ प्रतिशतले बढेको छ ।


