काठमाडौं । भारतमा बस्ने काली बाबाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्।
नेपालमा राजासहितको हिन्दू राष्ट्रको वकालत गर्ने काली बाबाले बुधबार नेपाल आएका काली बाबाले निर्मल निवासमा पुगेर ज्ञानेन्द्रसँग भेटवार्ता गरेका हुन्।
काली बाबाको भारतको राजधानी नयाँदिल्लीस्थित पहाडगन्जमा आश्रम छ। उनी भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग निकट पनि मानिन्छन्। उनीहरुबीच नेपाललाई कसरी हिन्दू राज्य बनाउने लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।


