काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) तिब्बतका सचिव वाङ छुङछेङ ले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा दुई देशबिचको आपसी सहकार्य र हितका बारेमा छलफल भएको बताइएको छ ।
सचिव वाङ छुङछेङ नेतृत्वको टोली बुधबार नेपाल आएको हो । टोलीले बुधबारबाटै राजनीतिक भेटवार्ता थालेको छ ।


