काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डसँग वार्ताका लागि आइतबार बिहान बालुवाटार गएका थिए।
उनीहरुबीच करिब डेढ घण्टा लामो वार्ता भएको छ। बालुवाटार स्रोतका अनुसार वार्ताको विषय कोशी प्रदेश थियो।
कोशी प्रदेशमा कांग्रेसका उद्धव थापाको गत असार २१ गते भएको मुख्यमन्त्रीको नियुक्ति रद्द भएसँगै सरकारविहीनताको अवस्था छ।
यस्तो अवस्थामा दुई नेताबीको कोशीको संकटको निकासका उपायबारे छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।


