काठमाडौं । नेकपा (माओवादी केन्द्र) का युवा नेता श्रीधर खनालले उपनिर्वाचनको परिणामले देशका प्रमुख राजनीतिक दलहरु समय छँदै सच्चिनुपर्ने अवस्था आएको टिप्पणी गरेका छन् । उनले दलहरु अब पनि पुरानै ढर्रामा चल्ने हो भने आगामी २०८४ सालमा हुने निर्वाचनमा उनीहरु आफैँ सकिने भन्दै चिन्तासमेत ब्यक्त गरेका छन् ।
खनालले उपनिर्वाचनको मत परिणामबारे सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै यस्तो चिन्ता ब्यक्त गरेका हुन् । उनले उपनिर्वाचनको मतपरिणामले शान्तिपूर्ण बिद्रोहको संकेत देखाउँदै छ भन्दै प्रमुख ठूला दलहरुलाई सचेत हुन आग्रह गरेका छन् ।



