काठमाडौं । प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकार ढलेको छ।
आज सोमबार प्रदेश सभामा भएको मतदानमा गिरीको विपक्षमा ५३ मत परेको छ। बहुमतका लागि ४४ मत आवश्यक पर्नेमा गिरीले जम्मा ३३ मत मात्र प्राप्त गरे।


