काठमाडौं । केही समय सुचारु भएको नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक पहिरो खसेपछि सञ्चालनमा आएको केही समयमै सडक पुनः अवरुद्ध भएको हो ।
आज बिहान तुईन खोलामा खसेको पहिरोले अवरुद्ध उक्त सडकखण्ड केही समयपछि दुईतर्फी संचालनमा आएको थियो । यद्यपि, माथिबाट ढुंगा झर्न नरोकिएकोले सवारी साधन सावधानीका साथ चलाउन आग्रह गरिएको थियो ।
बिहान साढे ११ बजे पुनः पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।


