काठमाडौं । ताप्लेजुङ र पाँचथरका नेताहरुले बाढीपहिरोबाट प्रभावित भएकाहरुको खोजी, राहत र पुनर्स्थापनाको काम तीव्र गतिमा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको जानकारी गराउँदै तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन माग गरे ।
भेटमा प्रधानमन्त्री प्रचण्डले बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्धार र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताएका थिए ।


