काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सिन्धुपाल्चोकको २२० केभी सबस्टेसनको निर्माण कार्य आगामी तीन महिनाभित्र सक्न निर्देशन दिएका छन्।
उनले शनिबार सबस्टेसन निर्माणस्थलको अनुगमन गर्दै यस्तो निर्देशन दिएका हुन् ।
निर्माण पक्षलाई निर्देशन दिँदै उनले भने, ‘अस्तिसम्म तपाइँले सामान छैन भन्नुभयो, उहाँले सामान पनि ल्याइसक्नुभयो। अब सिभिलको मात्रै काम भयो के। अब हाम्रो मात्रै काम आयो’ उनले भने, ‘यहाँ २०० जना लेभर ल्याएर फुलफेजमा काम हुनुपर्यो।’
सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसन निर्माणको काम चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सले गरिरहेको छ।


