काठमाडौं । विभिन्न माग राखेर सबै आन्तरिक उडान ठप्प पार्ने निर्णय गरेको नेपाल बायुसेवा सञ्चालक संघले प्राधिकरणसँग सहमथि भएसँगै आज बिहान ११ बजेदेखि संचालन हुने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीचमा मंगलबार राति भएको वार्तामा बिहान ११ बजेदेखि उडान संचालन गर्न सहमत भएको हो।
बुद्ध एयरले आज ११ बजेदेखि आन्तरिक हवाइ उडान सुचारु हुने जनाएको छ । वायुसेवा सञ्चालक संघले आजदेखि आन्तरिक तथा बाह्य सबै उडान बन्द गर्ने चेतावनी दिएका थिए ।
वायुसेवा संचालकहरुले पर्यटनमन्त्री प्रेम आलेले निजी क्षेत्रविरुद्ध पूर्वाग्रही साँध्दै अव्यवहारिक निर्णय गरेको विरोधमा उडानहरू बन्द गर्ने घोषणा गरेका थिए ।


