काठमाडौं । आज पनि शेयर बजारमा झिनो गिरावट आएको छ । आज सेयर बजार परिसूचक नेप्से ३.३४ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २०६३.९५ अंकमा कायम भएको छ ।
बुधबार ३ अर्ब ४९ करोड बराबरको कारोबार भएको छ ।। कुल ९४ कम्पनीको मूल्य बढ्दा १४७ को घट्यो भने ४ को स्थिर रह्यो ।
बैंकिङ १.९, विकास बैंक १४, फाइनान्स १०, होटल तथा पर्यटन ३०, हाइड्रोपावर ८.९, जीवन बीमा ५३, निर्जीवन बीमा ०.३, अन्य ११ र उत्पादन समूह ९९ अंक घटे ।
४ कम्पनीको मूल्य भने १० प्रतिशत बढेको छ । गोर्खाज फाइनान्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, गुराँस लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।


