काठमाडौं । प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतले आफूखुसी २० करोड खर्च गर्ने सम्झौता एमालेले नमान्ने उद्घोष गरेका छन् ।
उनले आइतबार राष्ट्रिय अपाङ्गता संगठन नेपालद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस किसिमको सम्झौतालाई नस्वीकार्न टिप्पणी गरेका हुन् । यो सम्झौता राष्ट्रहित र राष्ट्रिय स्वाधीनताविपरीतको कार्य भएको उनले बताए।
‘कुनै पनि मुलुकको राजदूतावासले नेपालभित्र आएर बजेट वितरण गर्ने र आफ्ना मान्छे बनाउने डरलाग्दो षडयन्त्रपूर्ण योजना बनाइएको छ’, उनले भने, ‘एमाले त्यो सहमति र सम्झौताको विरोध गर्दछ, त्यसप्रति असहमति प्रकट गर्दछ।’


