काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको बिजुली किन्न भारत र बंगलादेश आतुर रहेको बताएका छन् । उनले आइतबार तामाकोशी पाँचौं जलविद्युत आयोजनाको ऋण लगानीका लागि कर्मचारी सञ्चय कोषसँग सम्झौता गर्न आयोजित कार्यक्रममा नेपालमा उत्पादित विद्युत् बिक्री हुँदैन, बजार छैन भन्ने व्यापक चर्चा सत्य नभएको बताए ।
‘हाम्रो पहिलो प्राथमिकता देशभित्र उत्पादित विद्युत् यहीं खपत गर्ने हो,’ उनले भने, ‘यसका लागि प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार र सुदृढीकरणका काम देशभरी नै भइरहेको छ । देशभित्र खपत गरेर बचेको विद्युत निर्यात गर्ने हो ।’


