काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पपीडित जनताको अस्थायी आवासको ब्यवस्था गर्न सरकार गम्भीर भएर लागेको बताएका छन् ।
मन्त्री श्रेष्ठले विहीबार सिंहदरबारमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा यस्तो बताएका हुन् ।
अस्थायी आवासका लागि पहिलो किस्ता लिएर घर बनाउन सुरु गर्नेलाई तत्कालै अर्को किस्ता दिने व्यवस्था गरिएको उनले जानकारी दिए । भूकम्पपीडित सबैलाई अस्थायी आवास र पुनर्निर्माणलाई स्थानीय तहको सिफारिसमा काम गर्ने गरी सरकारले योजना बनाएको उनको भनाइ छ ।


