काठमाडौं । नेपालको दुई दिने औपचारिक भ्रमण सकेर कतारका राजा शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाई गरेका हुन् । उक्त अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए ।
थानीले भ्रमणका क्रममा राष्ट्रपति पौडेल, प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । साथै, भ्रमणका अवसरमा दुई देशबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ ।


