काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १२ हजार ७ सय र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन सोमबार छापावाला सुनको मूल्य एक लाख १३ हजार र तेजावी सुनको मूल्य प्रतितोवला एक लाख १२ हजार ४५० रुपैयाँ कायम भएको थियो ।


