काठमाडौं । नागरिक अगुवाहरूले माइतीघर मण्डलामा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । नागरिक अगुवासहितको टोलीले माइतीघर मण्डलामा जम्मा भएर भ्रष्टाचारविरोधी विभिन्न सांगीतिक प्रस्तुतिसमेत दिएका थिए ।
विरोध प्रदर्शनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले आफूले यस प्रकरणबारे संसदमा पनि आवाज उठाएको र अहिले नागरिकस्तरबाट आवाज आइरहेकाले सशक्त रुपमा सदन र सडकमा उभिएको बताए । उनले राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेको बताए ।
विरोध प्रदर्शनमा सहभागी काजीबहादुर घिमिरेले सरकारप्रति विश्वास नै नभएको र विश्वास नभएकै कारण युवा नेताहरू जन्मिरहेको बताए । उनले क्षणिक समयको स्वार्थमा अहिलेका नेताहरूले काम गरिरहेको बताए ।


