काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज पनि बस्ने भएको छ ।
बैठक शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ । आजको बैठकमा पार्टी एकता, संगठन विस्तार तथा राष्ट्रिय राजनीतिका विषयमा छलफल हुने नेताहरुले जनाएका छन्।
यसअघि बिहीबार बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सरकार गठन भएपछिका घटनाक्रमबारे ब्रिफिङ गरेका थिए। बिहीबारको बैठकमा राष्ट्रपतिको निर्वाचनका विषयमा पनि छलफल भएको थियो।
माओवादी नेताहरुले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने बताउँदै आएका छन्।
विशेषगरी बाबुराम भट्टराई नेतृत्व नेपाल समाजवादी पार्टीसँगको एकीकरणलाई लिएर माओवादीमा छलफल जारी छ।


