काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानुषी यमीमा काममा समर्पित भएर लाग्ने गुण भएकाले उनलाई जिताउन पर्ने कुरा बताएका छन् । उनले शुक्रबार काठमाडौं क्षेत्र नम्बर ७ ले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘मानुषी जस्ता इनर्जेटिक मान्छे भएकाले संविधानलाई परिमार्जन गर्न भूमिका खेल्छ,’ अध्यक्ष प्रचण्डले सम्बोधनको क्रममा भने, ‘म बच्चैदेखि चिन्छु मानुषीलाई, उहाँमा समर्पित भएर मिहेनत गरेर लाग्ने गुण छ भन्ने मैले बच्चैदेखि थाहा पाएको हुँ।’
मानुषी काठमाडौं–७ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि साझा उम्मेदवार बनेकी छिन्। उनी सहितको टिमले काठमाडौं–७ को विकासमा टेवा पुर्याउने दाबी गर्दै प्रचण्डले गठबन्धन अहिलेको आवश्यक्ता भएको जिकिर गरेका छन्।
‘


