काठमाडौं । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएलगत्तै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन्। उनले आज बुधबार प्रदेश सभामा आफूलाई प्रदेश सभाको विश्वासको मत छ भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन्।
‘विश्वासको मत लिने कुरा थियो। तर परिस्थिति बदलिएको छ। बदलिएको परिवेश अनुसार म प्रदेश सभाबाट विश्वासको मत लिन गइराखेको छैन’, उनले भने, ‘पछिल्लो राजनीतिक परिस्थितिमा मैले कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा रहिरहन उपयुक्त नदेखी आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेको कुरा सभा समक्ष जानकारी गराउन चाहन्छु।’


