काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ०४ पैसा र बिक्री दर १३२ रुपैयाँ ६४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४३ रुपैयाँ ३७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३१ पैसा र बिक्री दर १६७ रुपैयाँ ०७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


