काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
बैंकका अनुसार मंगलबार एकसय भारतीय रूपैयाँको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
यस्तै आज एक अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ९८ पैसा र बिक्री दर १३२ रूपैयाँ ५८ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रूपैयाँ ०९ पैसा र बिक्री दर १४१ रूपैयाँ ७३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ५१ पैसा र बिक्री दर १६४ रूपैयाँ २५ पैसामा कारोबार भइरहेको बेला अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८६ रुपैयाँ ९४ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ ३४ पैसामा तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५९ पैसामा किनबेच हुनेछ ।


