काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
बैंकका हनुसार आज एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा निर्धारण भएको छ भने एक युरोको खरिद दर १४१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४७ पैसा कायम गरिएको छ।
त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ २२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७० पैसा थियो।


