काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई च्याँखे दाउ नथाप्न चेतावनी दिएका छन् ।
महामन्त्री थापाले शनिबार गुल्मीमा आयोजित पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन था गर्दै यस्तो चुनौती दिएका हुन् । उनले राजतन्त्र फर्काउन मन भए चुनाव लडेर संविधान परिवर्तन गर्न चुनौति दिए ।
महामन्त्री थापाले भने–नेपालको राजतन्त्र हामीले फालेको होइन,आफ्नै कर्मले गएको हो । माओवादीले हाम्रा साथीहरु काटिरहँदा माओवादीले कांग्रेस तह लगाउँछ भनेर सेना परिचालन गर्न नदिने यहि राजा होइन रु राजा फर्काउनुपर्छ भनेर कोही आउँछ भने कांग्रेसका प्रत्येक साथीले भन्न सक्नुपर्छ च्याँखे दाउको खालमा नपस । राजालाई पनि म भन्न चाहान्छु,महराज च्याँखे दाउमा होइन सिधै खालमा आऊ । बकाइदा भिड्न तयार छ कांग्रेस । दल खोल,चुनाव लडेर दुई तिहाई ल्याऊ संविधान परिवर्तन गर ।


