काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशको मुख्यमन्त्रीमा कसैको पनि पक्ष नलिने भएको छ ।
आज बिहान बसेको पदाधिकारी बैठकले आफ्नो पार्टीले तटस्थ बस्ने निर्णय गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए ।
पार्टीको पदाधिकारी बैठकपछि उनले भने, ‘दुईजनाले ४७\४७ जनाको हस्ताक्षर बुझाउनुभएको छ। हामीले कसैलाई पनि समर्थन गर्नुपर्ने आवश्यकता देखिएन। आवश्यक परेको बेलामा फेरि निर्णय लिन सकिन्छ।’
प्रदेशसभा सदस्यद्वय इन्द्र आङ्बो (माओवादी केन्द्र) र केदार कार्की (नेपाली कांग्रेस) ले मुख्यमन्त्री पदका लागि


