काठमाडौ । जिल्ला अदालत सर्लाहीले बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जनलाई थुनामा पठाउने आदेश दिएको छ। जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
बम्जनलाई थुनामा पठाउने आदेश माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीका प्रमुख कैलाश दाहालले बहस गरेका थिए।
त्यस्तै बम्जनको पक्षबाट आधा दर्जनभन्दा बढी कानुन व्यवसायीले बहस गरेका थिए। दुवै पक्षको बहस सकिएपछि रेग्मीले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनलाई सडक मार्ग हुँदै गएराति २ बजे मलंगवास्थित सर्लाही जिल्ला प्रहरी कार्यालयमा पुर्याएको थियो।


