काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङलेराष्ट्रपतिमा साझा ब्यक्ति हुनुपर्ने बताएका छन् । महासचिव गुरुङले आइतबार प्रेस सेन्टर नेपाल, कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाटमा बोल्दै साझा व्यक्तिबाट राष्ट्रपति खोज्न आवश्यक भएको बताए । उनले राष्ट्रपतिमा दलका ब्यक्ति हुँदा पटक पटक धोका दिएकोसमेत उल्लेख गरे ।
‘कांग्रेस र एमालेले राष्ट्रपतिको उम्मेदवारी दिने तयारी गरेका छन् तर पार्टीभन्दा बाहिरबाट संविधान र लोकतन्त्रको मर्म बुझेको साझा व्यक्ति राष्ट्रपति हुनुपर्छ भनेर हामीले भनेका छौँ,’ गुरुङले भने, ‘संविधानले पनि साझा र दलगतभन्दा बाहिरको व्यक्ति राष्ट्रपतिको परिकल्पना गरेको छ ।’


