काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सांसद विष्णु पौडेलले विगतबाट शिक्षा लिएर नै माओवादीसँगको नयाँ सहयात्रा सुरु गरेको जिकिर गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अहिलेको गठबन्धन कुनै स्वार्थको लेनदेनमा आधारित नभएको र विगतका अनुभवबाट शिक्षा लिएर पुनः सहयात्रा आरम्भ गरिएको बताए।
‘अहिले सुरु भएको नयाँ सहयात्राले प्रतिनिधिसभाको यो कार्यकाल पूरा गर्नेछ। यो कुनै स्वार्थको लेनदेनमा आधारित सहयात्रा होइन। यो कुनै अवसरका निम्ति गरिएको सहयात्रा होइन। जनता र राष्ट्रका समस्यालाई केन्द्रमा राखेर गरिएको सहयात्रा हो। विगतका अनुभवबाट यथेष्ट शिक्षा लिएर आरम्भ गरिएको हो,’ पौडेलले भने।


