काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन्।
संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन अमेरिका पुगेका उनले न्युयोर्कमा पत्रकारसँगको भेटमा विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिएका हुन्।
‘विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएका छौँ,’ प्रचण्डले भने, ‘अब विदेशमा बस्ने कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित गरिने छैन।’
उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरुलाई भन्दा पनि नकारात्मक कुरा गरेर कसरी बदनाम गर्न सकिन्छ भनेर केही गिरोह सक्रिय रहेको आरोपसमेत उनले लगाए।


