काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहयात्री राजनीतिक दलहरुसँग आपसी छलफल गरेर मात्रै विश्वासको मत लिने निर्णय गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रकाअध्यक्ष समेत रहेका उनले आज संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा यस्तो बताएका हुन् ।
बैठकमा प्रतिनिधिसभाको पछिल्लो अवस्थाबारे प्रतिनिधिसभाका मुख्य सचेतक पाण्डे र राष्ट्रियसभाका प्रमुख सचेतक गोपीबहादुर अछामीले बैठकलाई जानकारी गराएका थिए ।


