काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो क्षेत्राधिकार मिचेको भन्दै शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन्।
काठमाडौं महानगरपालिकाका सहप्रवक्ता दीपक अधिकारीले सात दिनभित्र स्पष्टीकरण माग गरिएको बताए। सहप्रवक्ता अधिकारीका अनुसार कोइरालाले मध्यबानेश्वरस्थित रत्नराज्य माविको कक्षा ११ र १२ मा विज्ञान संकाय अध्यापनको अनुमति दिएका थिए।
समितिले गर्ने निर्णय उनी स्वयंले गरेको पाइएपछि स्पष्टीकरण सोधिएको अधिकारीको भनाइ छ। प्रक्रिया नै मिचेर व्यक्तिगत रूपमा अनुमति दिएको पाइएपछि स्पष्टीकरण सोधिएको हो।


