काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकारलाई यथावत् राखिएको बताएका छन् ।
उनले शुक्रबार बिहान निजामती सेवा दिवस २०८० को अवसरमा सिंहदरबार परिसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो जानकारी दिएका हुन् ।
सोही समारोहमा ट्रेड युनियनको तर्फबाट उत्तम कटुवालले सम्बोधन गर्ने क्रममा ट्रेड युनियनको अधिकार कटौती गर्ने गरी विधेयक तयार पारिएको भन्दै विरोध जनाएका थिए ।


