काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सचिव राउत पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै राउतलाई उपस्थित गराउन आदेश दिएको हो ।
गत आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले पक्राउ गरेका सचिव राउतलाई सुरुमा २ दिन र अन्य अभियुक्तसँगै थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिइसकेको छ।


