काठमाडौं । प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत पाएसँगै मन्त्रालयको भागवण्डा टुंगो लगाउन आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारम बस्न लागेको हो ।
प्रचण्ड र ओलीबीच एक्लाएक्लै छलफलपछि आज गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो । हिजो मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्ड हिजो साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोट पुगेर छलफल गरेका थिए ।
गठबन्धन दलहरूबीच मन्त्रलाय भागवण्डा टुंगिन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । नियुक्त मन्त्रीहरूले जिम्मेवारीसमेत पाउन सकेका छैनन् ।


