काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता समीकरण ढाल्न देशी विदेशी शक्तिहरु लागिरहेको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री ओलीले मंगलबार एमाले झापा जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा यस्तो आरोप लगाएका हुन् ।
उनले एमालेले सिध्याउन अनेक प्रकारका प्रहार र घेराबन्दी भएपनि त्यसलाई पराजित गरेर देश बनाउने अभियानमा अघि बढेको बताए ।
उनले नेकपा एसका अध्यक्ष समेत रहेका माधव नेपाललाई लक्षित गर्दै आफू पार्टी अध्यक्षबाट हटेपछि वरिष्ठ नेताको पद चाहियो भन्दै कसैकाविरूद्ध आलोचना नगर्ने समेत बताए ।


