काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको राजनीतिक ब्यवस्था खराब नभएको जिकिर गरेका छन् ।
उनले आज जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो धारणा राखेका हुन् । उनले अहिले नागरिकमा व्यवस्थाप्रति देखिएको असन्तुष्टि सरकारको असक्षमताको कारण भएको बताए।
नेपाल अहिले देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको प्रश्नमा इतिहासकै कमजोर अवस्थामा रहेको उनले बताए। सरकारले देश र जनताको हितमा काम गर्न नसकेको पोखरेलले बताए।
नेपालको हित र सरोकारका प्रश्नमा छिमेकीसँग संवाद गर्न र देशको हितमा काम गर्ने सामर्थ्य सरकारसँग नरहेको उनले बताए।


