काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टिमका खेलाडीलाई जनही ६ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एंव सरकारका प्रवक्ता रेखा शर्माले भनिन् “एसीसी क्रिकेट प्रतियोगितामा विजयी खेलाडी, मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ र अन्य टिम अफिसियललाई तीन लाखको दरले रकम उपलब्ध गराएर प्रोत्सहान गर्ने निर्णय गरेको छ ।”
त्यस्तै, कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आगामी आर्थिक बर्षको बजेटमा विशेष प्राथमिकतामा राखिने निर्णय समेत भएको उनले बताइन् ।


