काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका तीन अतिरिक्त महानिरीक्षक (एआइजी) को सरुवा गरेको छ।
कार्य विभागमा कार्यरत चन्द्रप्रकाश गौतमलाई प्रशासन विभागमा, सीमा सुरक्षा विभागमा कार्यरत वंशी दाहाललाई कार्य विभागमा सरुवा भएको छ भने प्रशासनमा कार्यरत नारायणदत्त पौडेलको सीमा सुरक्षा विभागमा सरुवा भएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सरुवाको निर्णय गरेको हो।


