काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी सोह्रौँ योजना वस्तुनिष्ठ र परिणाममुखी बनाउन राष्ट्रिय योजना आयोगको ध्यानकर्षण गराएको छ।
सोह्रौँ योजनाको अवधारणा एवं अतिकम विकसित मुलुकहरुको सूचिबाट स्तरोन्नतीपछि उत्पन्न परिस्थितीबारे चेम्बरले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठसहित निजी क्षेत्रका सरोकारवालसँग चेम्बर भवनमा आज भएको छलफलमा यस्तो माग गरिएको हो ।
पन्ध्रौँ योजनामा उल्लेखित कतिपय लक्ष्यहरु पुरा हुन नसकेको सन्दर्भमा सोह्रौं योजनालाई वस्तुनिष्ठ र परिणाममुखी बनाउनुपर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए। योजना आयोगको लक्ष्य एवं सरकारको वार्षिक बजेटबीच समन्वय हुन नसक्दा अपेक्षा अनुसारको परिणाम हासिल हुन नसकेको मल्लको भनाई छ।


