काठमाडौं । हिमालय एअरलाइन्स् IOSA मा दर्ता हुने पहिलो नेपाली वायुसेवा कम्पनी भएको छ ।
२८ डिसेम्बर २०२३ मा इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन IOSA द्वारा ३ मार्च २०२५ सम्म मान्य हुने गरीे प्राप्त क्ष्इक्ब् प्रमाणीकरण हिमालय एअरलाइन्स्ले पाएको हो । उसले आज राजधानीमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो ।
सञ्चारमाध्यमलाई सम्बोधन गर्दै हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले हवाई सुरक्षा र अपरेशनल उत्कृष्टताका लागि नयाँ आयामहरू स्थापित गर्दै यस क्षेत्रको उदाहरणका रूपमा नेतृत्व गर्न पाउँदा आफूहरुलाई गर्वको अनुभूति भएको बताए ।
IATA अपरेशनल सेफ्टी अडिट (IOSA) अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसन (IATA ) द्वारा वायुसेवाहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त परीक्षण कार्यक्रम हो, जुन अपरेशन सुरक्षा वृद्धि गर्ने र वायुसेवा उद्योगभित्र साझा सुरक्षा मानक प्रवद्र्वन गर्ने प्राथमिक लक्ष्यका साथ वायुसेवाको अपरेशन व्यवस्थापन र नियन्त्रण प्रणालीहरूको मुल्याङ्कन गर्नको लागि विकास गरिएको हो ।


