काठमाडौं । आइतबार घटेको शेयर बजार सोमबार ५५.८८ अंकले बढेको छ ।
सोमबार कुल दुई अर्ब ४३ करोड रुपैयाँको कारोबार भयो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । आइतबार एक अर्ब ८७ करोडको कारोबार भएको थियो ।
बैंकिङ १६, विकास बैंक १९०, फाइनान्स १२५, होटल तथा पर्यटन ८४, जलविद्युत् १०५, जीवन बीमा १४३, उत्पादन २३, माइक्रोफाइनान्स १३६, निर्जीवन बीमा २५४, अन्य ८५ र ब्यापार उपसमूह ९० अंक बढेको छ । कुल १८० कम्पनीको मूल्य बढ्दा चारवटा कम्पनीको मात्रै घटेको छ ।
सात कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । श्री इन्भेस्टमेन्ट फाइनान्स, मल्टिपर्पोज फाइनान्स, राधि विद्युत्, रिभरफल्स पावर, पन्चकन्या माइ हाइड्रो, अपर हेवाखोला र राष्ट्रउत्थान लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।


