काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको सय किलो सुन प्रकरणमा भाग्न लागेको अवस्थामा एकजना चिनियाँ नागरिक पक्राउ परेका छन्।
प्रहरीले पक्राउ गरेको हो। विमानस्थल सुरक्षा प्रहरी कार्यालयले चिनियाँ नागरिक जिक्वाङ लिनलाई आज दिउँसो विमानस्थलबाटै पक्राउ गरेको हो। उनी तिब्बत एयरबाट चीन भाग्न लागेको प्रहरीले बताएको छ ।
उनलाई पक्राउ गर्नका लागि राजश्व अनुसन्धान विभागले अध्यागमन विभागलाई जानकारी गराएको थियो। अध्यागमनले विमानस्थल प्रहरीलाई दिएको सूचनाका आधारमा पक्राउ गरेको हो। प्रहरीले बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट सय केजी सुन बरामद गरेको थियो।


