काठमाडौं । विधान महाधिवेशनले केपी शर्मा ओलीलाई नेकपा एमालेको अध्यक्षमा दोहोरिन बाटो खुलेको छ ।
ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनले उमेर हदसम्बन्धी अन्योल हटाउँदै ७० नपुग्दासम्म कार्यकारी पदमा उम्मेदवार हुन पाउने व्यवस्था गरेको हो । त्यसरी उम्मेदवार बनेको पदाधिकारी कार्यकालकै बीचमा ७o वर्ष पुगे पनि पूरै कार्यकाल काम गर्न पाउनेछन् । दुईपल्ट प्रधानमन्त्री भएका ओलीले विकास निर्माणका कामलाई तीब्रता दिनुका साथै नेपालको छविलाई माथि लान उल्लेखनीय काम गरेका थिए । यससँगै उनी पुनः प्रधानमन्त्री हुनसक्ने बाटो खोलिएको छ ।
२oo८ साल फागुनमा जन्मिएका अध्यक्ष ओली ११ फागुनमा ७o वर्ष पुग्नेछन् । एमालेको दशौँ महाधिवेशन भने मंसिरमा हुँदैछ । मंसिरमा हुने महाधिवेशनबाट ओली अध्यक्षमा दोहोरिने लगभग निश्चित छ । ओलीलाई अध्यक्षमा दोहोरिन सजिलो हुने गरी विधान महाधिवेशनले ७o वर्षे उमेरहदसम्बन्धी व्यवस्थालाई खुकुलो बनाएको हो ।
महाधिवेशनबाट ओली अध्यक्षमा दोहोरिए पूरै कार्यकाल पार्टीको नेतृत्व गर्न पाउने छन् । यस्तै, अब एमालेमा कार्यकारी पदमा एउटै व्यक्ति दुई पटकभन्दा बढी उम्मेदवार बन्न पाउने छैन ।