काठमाडौं । आजबाट अरुण भ्याली हाइड्रोपावर कम्पनीले हकप्रद बिक्री खुला गरेको छ ।
कम्पनीले १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता शेयर निष्काशन गरेको छ । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ताले चैत्र ७ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन् ।
कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि माघ १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले माघ १४ गतेसम कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रद आवेदन दिन सक्ने छन्।


