काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन् ।
सांसद समेत रहेका महामन्त्री थापाले शनिबार काठमाडौंमा कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको एक कार्यक्रममा मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्नेमा जोड दिए ।
सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जानेतर्फ उनले सरकारलाई सचेत गराए । सरकारले राम्रो काम गर्दै गए तीनरचार महिनाभित्रै मुलुक सम्हालिँदै जाने उनको भनाइ थियो ।
महामन्त्री थापाले ०८० सालमा कांग्रेसलाई शुद्धीकरण र सुदृढीकरण गर्नका लागि सिंगो पार्टीपंक्ति लाग्नुपर्ने पनि बताए । आउँदो जेठ अन्तिम साता कांग्रेसको नीति अधिवेशन गर्ने तयारी भइरहेको उनले उल्लेख गरे ।


