काठमाडौं । आइतबार शेयर मापक सूचक नेप्से बढेको छ । आज नेप्सेमा ५.८८ अंकले वृद्धि भएको हो ।
कारोबारमा आएका २७३ धितोपत्रका ४८ लाख २८ हजार ७७६ कित्ता सेयर खरिद–बिक्री भएको छ । शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको ६ करोड १७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
सर्वाधिक सेयर मूल्य वृद्धि हुनेमा राष्ट्रिय बिमा कम्पनी लिमिटेड छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर १४ हजार १०७ रुपैयाँ ५० पैसा कायम भएको छ ।
आज एक अर्ब ६० करोड रुपैयाँको सेयर काराबोर भएको छ ।


