काठमाडौं। आज अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड हुँदैछ ।
विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले सोमवार साँझ ५ बजे बत्तीसपुतलीस्थित काजीको किचनमा आईपीओ बाँडफाँटको कार्यक्रम तय गरेको हो । कम्पनीले सर्वसाधारणमा साउन १८ गतेदेखि २२ गतेसम्म आईपीओ विक्री गरेको थियो । साउन २६ गते आईपीओको प्रि–अलोटमेन्ट सम्पन्न गरिसकेको जानकारीसमेत विक्री प्रबन्धकले दिएको छ ।
जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ४९ प्रतिशतले हुन आउने २४ लाख ९८ हजार ४० कित्ता आईपीओ विक्री गर्न अनुमति पाएका कम्पनीले कुल कित्तामध्ये १ लाख ९८ हजार ८२४ कित्तो वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा र २ लाख ६ हजार ७६० कित्ता आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरेको हो ।


