काठमाडौं । अहिले तराईका केही जिल्लाहरुमा बाक्लो हुस्सु लाग्नुका साथै पहाडी भू–भागमा मौसम आंशिक बदली भइरहेको मौसम विभागले जनाएको छ ।
न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेकाले सोमबार दिउँसो पश्चिमी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
अन्य भूभागको मौसम आंशिक देखि सामान्य बदली तथा सामान्यतया सफा रहनेछ। राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


