काठमाडौं । आजबाट सगरमाथा जलविद्युत कम्पनीले आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशत अर्थात् ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो।
त्यस्तै, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्ताको १० प्रतिशतले हुने ४ लाख ३६ हजार ८०० कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि बिक्री गरेको कम्पनीले जनाएको छ।


